ताजा अपडेट »

सैनामैनामा लैंगिक हिंसा विरुद्ध अभिमुखीकरण

शुक्रबार, २४ मंसिर २०७८

बुटवल । "घर र समाजको ऐक्यबद्धता, लैङ्गगि हिंसा बिरुद्ध शुन्य सहनशीलता" नारा सहित यतिबेला देशभर लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको छ ।

सोही लक्ष हाँसिल गर्न तथा नारालाई व्यवहारमा उतार्ने हेतुले बिहीबार गोरखनाथ सिकाई केन्द्र सैनामैनाको आयोजना र मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको सहआयोजनामा सैनामैनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा लैङ्गिक हिंसा भनेको के हो ? हिंसा किन र कसरी हुन्छ ? हिंसा न्युनिकरण गर्ने उपायहरु के हुन ? हिंसामा परेका व्यक्तिहरुलाई कसरी उद्दार तथा पुनःस्थापना गर्ने सम्बन्धमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक तथा गोरखनाथ सिकाई केन्द्रकि अध्यक्ष लता खड्का तथा प्रहरी निरिक्षक दिवाकर रिजालले सहजिकरण गरेका थिए ।

कार्यक्रमलाई सैनामैना नगरपालिकाकि उपप्रमुख तथा कार्यक्रमकि प्रमुख अतिथि बिना राना, सोही नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, सिर्जना न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।