ताजा अपडेट »

८२ कम्पनीको शेयर कारोबार भोलिदेखि स्थगित हुने

शनिबार, ०२ कार्तिक २०७६

कार्तिक २,
काठमाण्डौं । ८२ कम्पनीको शेयर कारोबार कात्तिक आइतबार भोलिदेखि स्थगित हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरणको बार्षिक नविकरण शुल्क नबुझाउने ती कम्पनीहरुको शेयर कारोबार स्थगित गर्ने भएको हो । २८ वाणिज्य बैंकहरुले भने नविकरण गराएका छन । नविकरण नगर्नेमा लघुवित्त समूहका १९ कम्पनी, व्यापारिक समूहका ३ कम्पनी, १८ विकास बैंक, ११ उत्पादन मूलक समूहका ,१२ फाइनान्स कम्पनी, १३ जलविद्युत कम्पनी , २ बीमा कम्पनी, २ होटल्स र २ अन्य कम्पनीहरु रहेका छन ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ । दोस्रो बजारमा कारोबार गर्नका लागि  शेयर खरिद तथा विक्री गर्न सदस्यता प्राप्त गरेका ५० धितोपत्र दलाल व्यवासायीहरुले भने सदस्यता नविकरण गरिसकेका छन ।