ताजा अपडेट »

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्दि

विहीबार, २३ मंसिर २०७८

वासिङ्टन । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड(१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्क अनुसार अब प्रति दिन लगभग १०३,००० नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ। यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ।- सिन्ह्वा