ताजा अपडेट »

तिलोत्तमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड: स्वर्ण पदकमा शान्ति नमूना अगाडी

बुधबार, २२ मंसिर २०७८

तिलोत्तमा । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तरगत बुधवार एथ्लेटिक्स तर्फका दोस्रो चरणका खेलहरु सपन्न भएका छन् ।

मंगलवारबाटतिलोत्तमाको डिङगरनगरमा रहेको नव ज्योति क्लवको खेलमैदानमा जारी प्रतियोगितामा बुधवारदोस्रो चरणका अधिकांश खेलहरु सम्पन्न भएका हुन् ।तिलोत्तमा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी रनिङसिल्ड प्रतियोगितामा शान्ति नमूना मावि स्वर्ण पदक प्राप्त गर्नेमा अगाडी देखिएको छ ।हाल सम्म सम्पन्न खेलहरुमा ६ स्वर्ण पदक सहित शान्ति अग्रस्थानमा छ भने कुववर्ति इंगलिसबोडिङ स्कुल ५ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ ।

जनज्योति माविले ३ वटा स्वर्णपदक हात पारेको छ भने सेन्जोसेप माविले २ वटा स्वर्ण पदक जितेको छ । पशुपति मावि,जनजागृति मावि, भुल्के मावि र लर्ड बुद्ध ज्ञानज्योति माविले एक एक स्वर्ण पदक जितेका नगरखेलकुद विकास समिति सदस्य दिपक खनालले जनाकारी दिए । खेल उत्सवका रुपमा जारी प्रतियोगितामा शान्ति नमूना माविले र टिकुलिगडमाविले ४/४ वटा सजत पदक जित्न सफल भएका छन् । पशुपति माविले ३, सेन्जोसेप मावि रराममणि क्याम्पसले २/२ वटा रजत पदक जितेका छन् ।

सिद्धार्थ मावि, जनजगृति मावि, पामिरएकाडमी, शंकरनगर दुर्गादत्त माविले १/१ रजत पदक जितेका छन् । काश्य पदक अन्तरगत पशुपति माविले ८, कुवरवर्ति इ. बोडिङ् र जन ज्योति माविले३/३ काश्य पदक, टिकुलिगढ माविले २ पदक हात पारेका छन् । त्यस्तै सेन्सजोसेप मावि,सिदार्थ मावि, भूल्के मावि, होराइजन सिविएस माविले १/१ पदक जितेका छन् ।  भोलिवल अन्तरगत छात्रा तर्फको फाइनल खेल कुवरवर्ति मावि र शान्ति नमूनामाविका बीच बुधवार हुनेछ ।

छात्र तर्फको भलिवल र कपड्डी अन्तगरत क्वाटर फाइनलका खेलमंगलवार सकिएका छन् भने सेमिफाइनल र फाइनल खेल बिहिवार हुने छन् । तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागीे छन् । खेलअवधिको  बिचविचमा विभिन्न विद्यालयहरुलेसांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने छन् । खेल मंगलवार दिउसो २ बजेबाट समापन गरिने नगर खेलकुद विकास समिति अध्यक्ष राजेन्द्र गुरुङले जनाकारी दिए । खेल संचालनका लागि  झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।