ताजा अपडेट »

रुरु उप स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण

बुधबार, २२ मंसिर २०७८

गुल्मी । पूर्व मुख्यसचिव तथा नेकपा माओवादी केन्द्रका नेता लीलामणि पौडेलले शनिबार रूरू प्राथमिक उप स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । चिन सरकारको सहयोगमा प्राप्त करिब २ लाख मूल्य बराबरको कन्सन्टेटर मेशिन हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य केन्द्रले छिमेकी जिल्लाहरु पाल्पा र स्याङ्जाका सेवाग्राहीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यस अघि चिन सरकारको सहयोगमा गुल्मी अस्पताललाई ८ थान तथा रिडि, शृङ्गा, धुर्कोट, मुसकोट, शान्तिपुर र जोहाङ्ग स्वास्थ्य केन्द्रमा समेत २ थानका दरले २० थान कन्सन्टेटर उपलब्ध गराइएको छ ।

लामो समय सम्म नेपाल सरकारको उच्चपदस्थ कर्मचारी रहेका पौडेल एमाले नेता प्रदिप ज्ञवाली र काङ्ग्रेस नेता चन्द्र भन्डारीको निर्वाचन क्षेत्र गुल्मी– १ मा माओवादी केन्द्रमा आवद्ध भई सक्रिय रुपमा लागेका छन् ।