ताजा अपडेट »

माओवादी केन्द्रको सिद्धार्थनगरमा हमाल, रोहिणीमा पाण्डे

सोमबार, २० मंसिर २०७८


भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिका स्तरिय अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रको सिद्धार्थनगर नगर पालिका र रोहिणी गाउँपालिकामा सर्वसम्मतीमा नेतृत्व चयन गरिएको छ ।

सिद्धार्थ नगर नगर पालिकामा नारायण बहादु हमाल र रोहिणी गाउँपालिकामा प्रदिप कुमार पाण्डेको नेतृत्वमा सर्वसम्मतिका नेतृत्व चयन गरिएको छ । सिद्धार्थनगर नगर पालिकाको उपाध्यक्षमा मेराज खाँन, कमला थापा र ध्रुव लाम्गादे चयन भएका छन् । यस्तै सचिवमा केशव कुवर र सहसचिवमा दिलिप प्रजापति चयन भएका छन । नव गठित कार्यसमितिमा कोषाध्यक्ष डम्बर बहादुर खत्री चयन भएको उपाध्यक्ष धु्रव लाम्गादेले जानकारी दिए । सदस्य समेत गरि ५९ जनाको कार्यसमिति रहेको उनले बताए ।

यसै गरि प्रदेश प्रतिनिधिमा तिर बहादुर रोक्का मगर, कमला थापा, रियाज अहमद, उमेस खनाल, मनिस जोशी चयन भएका लाम्गादेले जानकारी दिए । यस्तै रोहिणी गाउँपालिकाको धकधईमा सम्पन्न भएको अधिवेशनले प्रदिप कुमार पाण्डेको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा ओम प्रकाश यादव, हरिराम हरिजन, कुल हसन नाउ रहेका छन् ।

यस्तै सचिवमा गणेश यादव, सह सचिवमा महेन्द्र कुर्मि र कोषाध्यक्षमा कौशिल्या धवल सर्वसम्मतिमा चयन भएको अध्यक्ष प्रदिप कुमार पाण्डेले जानकारी दिए । प्रदेश प्रतिनिधिमा प्रदिप कुमार पाण्डे, छेदी तेली, दिनेश कुमार यादव, कौशिल्या धवल चयन भएका छन् ।