ताजा अपडेट »

गायक हरि र सुनिताको 'लाउछ के सरिम' बजारमा

आइतबार, १९ मंसिर २०७८

गुल्मी । लोक तथा दोहोरी गायक हरि खत्री र सुनिता बुढा क्षेत्रीको लोक गीत सार्बजनिक भएको छ । दर्जनौं लोक गीतमा स्वर भरेका गायक खत्रीको पछिल्लो एल्बम ‘लाउछ के सरिम’ गीत सार्बजनिक भएको हो ।

माया प्रेमका मिठा शब्दहरुले तयार गरिएको गीतमा लुकी लुकी हेर्दा लाज लागेका कुराहरु समाबेश गरिएको । गीतमा लय शब्द नेत्र अर्यालको रहेको छ । माया प्रेम बसि सकेपछि एक अर्काले हेरा हेर गर्दा लजाएका कथा गीतमा रहेको छ । युवा पिडिहरुको मन जित्ने खालको गीत तयार गरिएकाले धेरै मन पराउने गायक खत्रीले बताए ।

गीतमा लोमश शर्मा र विपना क्षेत्रीको अभिनय देख्न रहेको छ । गीतको भिडियोलाइ स्मृति तिमिल्सिना ९गुरुआमा०ले निर्देशन गरेकी छन् ।

https://youtu.be/bS7Ua9vasvo