ताजा अपडेट »

त्रिविद्वारा स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

आइतबार, १९ मंसिर २०७८

बुटवल । त्रिभुवन विश्व विद्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म रोकिएको परीक्षाको तालिका त्रिविले आइतबार सार्वजनिक गरेको हो । विश्व विद्यालयले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार स्नातक तह चौथो वर्ष अन्तर्गतका बि.एसीको माघ १० गतेदेखि, बिबिएसको पुस २० गतेदेखि, बिएडको माघ २१ गतेदेखि सुरु हुने छ ।