ताजा अपडेट »

कांग्रेस अधिवेशन : लुम्बिनीमा मतदान सकियो, १६ सय ३१ मत खस्यो

शनिबार, १८ मंसिर २०७८

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको मतदान सकिएको छ । महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र शुभेच्छुक संस्थाबाट गरि जम्मा १ हजार ६ सय ७० जना मतदाता रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना आजै गर्ने वा नगर्ने बिषयमा दुबै समुहका उम्मेदवारसंग छलफल गरि टुङ्गो लगाउने निर्वाचन समितिका संयोजक बुद्ध बहादुर थापाले जनाए ।