बुटवल । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सचीव राजु गुरुङले आगामी निर्वाचनमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई जित्ने दाबी गरेका छन् ।
युवा संघ नेपाल, रुपन्देहीको जिल्ला भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा आगामी निर्वाचनमा आफू रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उठने बताउदै रुपन्देही २ मा बिष्णु पौडेललाई चुनावमा हराइदिने दाबी गरेका हुन् । भेलाले कृष्ण थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ जिल्ला कमिटी निर्माण गरेको छ । जसको उपाध्यक्षमा धनसिंह खाम्छा, सचिव शार्दुल कसौधन, उप सचिव सोम खाती कोषाध्यक्ष टेकमान गुरुङ ( हिता ) रहेका छन् ।
कार्यक्रममा युवा संघकी केन्द्रिय उप-महा सचिव सरिता श्रीसले अबको समाजवादी यात्रा र त्यसमा युवाको भूमिका बारे प्रष्ट पारेकी थिइन् । कार्यक्रममा पार्टी नगर अध्यक्ष चीन बहादुर गुरुङ, युवा इन्चार्ज कुलेंद्र पुन लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया