बुटवल । ग्राहकहरुलाई डिजिटल बैंकि· सेवातर्फ आकर्षित गराउने उदेश्यका साथ ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बित्तीय साक्षरता तथा डिजिटल बैंकि· सम्वन्धी प्रशिक्षण प्रदान गरेको छ । बुटवलको मिलनचोक र चौराहा शाखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी बुटवलको सिद्धार्थ कटेजमा आफ्नो ग्राहकहरुलाई बिहीबार उक्त प्रशिक्षण प्रदान गरेका हुन ।
कार्यक्रममाबैंककी रेमिट्यान्स विभाग प्रमुख स्वेच्छा राणाले प्रशिक्षण प्रदान गरेकी थिईन । सो क्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो । मिस्डकल बैंकि·को माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोवाईलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरु प्रशिक्षण गराइएको थियो । कार्यक्रमको स्वागत शाखा व्यवस्थपक डम्बर ठकुराठीले गरेका थिए ।
बैंकले देशभरका सबै ग्राहकहरुमाझ डिजिटल सेवाको पहुँचताका साथै बित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यो अभियान संचालन गरेको हो । जसअन्तर्गत लुम्बिनी प्रदेशमा सोमबारदेखि यो अभियान संचालन भइरहेको हो । बिहीबार बुटवलको मिलनचोक र गोलपार्कमा दुई स्थानमा यो कार्यक्रम संचालन गरिएको थियो ।
प्रतिक्रिया