ताजा अपडेट »

कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

विहीबार, १६ मंसिर २०७८

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । 

उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ ।

यता लुम्बिनी प्रदेशमा भने सभापतिको उम्मेदवार शुल्क १५ हजार रहेको छ । प्रदेश निर्वाचन अधिृकत डा। बुद्धबहादुर थापाका अनुसार अरु पदाधिकारीका लागि ११ हजार र सदस्यका लागि ५ हजार शुल्क लाग्ने छ ।  बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ ।