ताजा अपडेट »

कांग्रेस महाधिवेशनः लुम्बिनीमा पुनको नेतृत्वमा संस्थापनइतरको प्यानल (सूचीसहित)

विहीबार, १६ मंसिर २०७८

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुङ्गो लागेको छ । कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको थियो ।

उक्त समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । उक्त समूहले तयार पारेको नामावली अनुसार सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् ।

यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) ले उम्मेद्वारी दिने भएका छन् ।