ताजा अपडेट »

२१ वर्षिया सरस्वती एक महिनादेखि बेपत्ता

विहीबार, १६ मंसिर २०७८

बुटवल। नवलपुर, कावासोती–१६ डण्डाकी २१ वर्षीया सरस्वती कार्की एक महिनादेखि वेपत्ता भएकी छिन् । गत कार्तिक १२ गते आफ्नो घर कावासोती १६ डण्डाको गैरीगाउँबाट माइत जान्छु भन्दै हिँडेकी सरस्वती अहिलेसम्म फेला नपर्दा परिवार चिन्तित बनेका छन्।

तीन वर्ष अगाडि विवाह भएकी सरस्वती हराएको खबर स्थानीय प्रहरी तथा सबै आफन्तलाईं जानकारी गराइए पनि कतैबाट केही खबर नआएको उनका बुवा रविन कार्कीले बताए । ‘घरबाट माइत जान्छु भन्दै हिँडेकी हुन् रे तर यता पनि आएकी छैनन्, घरमा पनि गएकी छैनन्, घरतिरबाट पनि खोजी भैरहेको छ तर अवस्था केही पत्ता लागेन,’ कार्कीले भने । छोरीको विवाह गरेको ३ वर्ष भएको उनले बताए ।