काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायधीश तोक्न सुझाव दिएको छ ।
बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवहाक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन्।
प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यबहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया