ताजा अपडेट »

निसास्सिएर ६ दिनकी बालिकासहित आमा-बुबाको मृत्यु

विहीबार, १६ मंसिर २०७८

दोलखा । कोठाभित्र आगलागी भई निसास्सिएर ६ दिनकी बालिकासहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–२ का २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ६ दिनकी छोरी रहेको प्रहरीले जनाएको छ ।

कोठाभित्र बच्चा सेक्न कराईमा बालेको कोईलाबाट दराजमा आगो लाग्दा सोही आगोको धुवाँबाट निसास्सिएर उनीहरूको मंगलबार राति मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।