ताजा अपडेट »

टिपिएल : बुटवल युनाइटेडलाई पहिलो खेलमै सफलता

विहीबार, ३० असोज २०७६

असोज ३०,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको छैठौं दिन अन्तर्गत विहिबारको पहिलो खेलमा बुटवल युुनाइटेड ६ विकेटले विजय भएको छल । टस जितेर पहिले ब्याटिङ रोजेको लुुम्बिनी शाक्यानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रनमा समेटिएको थियो । १ सय ४७ रनको विजयी लक्ष्य पाएको बुटवल युनाइटेडले १४ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।

बुटवललाई जितका लागि कुशल मल्ल र प्रनित थापा मगरले समान ५८ रनको योगदान गरे । प्रनितले २१ बलमा नट आउट ५८ रन हानेका थिए भने कुशल मल्लले २५ बलमा ५८ रन हानेर पेभेलिएन फर्किए । बुटवलका लागि अन्य व्याट्स म्यानहरु इम्रान खानले १६ तथा म्रिनल गुरुङले १० को योगदान गरे । लुम्बिनी शाक्यानको तर्फबाट सरद भेषवाकरले ३ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिएका थिए । पुरुषोत्तम भट्टराई र आलोक पाण्डेले समान १÷एक विकेट लिएका थिए ।
यस अघि पहिले व्याटिङ गरेको लुम्बिनीका लागि सरद भेषवाकरले ३९ बलको सामना गद सर्वाधिक ४७ रन, विशाल खत्रीको २९ रन प्रदिप जैशवालको २२ तथा अनुपम सिंहको १५ रन बाहेक अन्यले दोहोरो अंक बटुल्न सकेनन् । महेश मिश्र र महेद्धिन हुसेनले समान ६ रन बनाए भने अमर मिश्र ३ रनमा समेटिए ।

बलिङतर्फ बुटवल यूनाइटेडका कुशल मल्लले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले ४ ओभर खेल्दै १ मेडन लिए भने २९ रन खर्चिएका थिए । बुटवलका लागि सुसान भारी, मैहुद्धीन खानले समान १ विकेट लिएका थिए । प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । प्रतियोगिता अन्तरग आजको दोस्रो खेलमा मणिग्राम किङ्स् र सुपर इलाभेन भैरहवा प्रतिस्पर्धा गरिहेका छन् ।