बुटवल । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् । महासंघ रुपन्देहीको बुधबार बसेको नियमित बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले पत्रकार खनालाई छनौट गरि गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।
मूल्यांकन समितिमा पत्रकार माधव नेपाल संयोजक रहेका थिए भने रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा र अर्थविज्ञ मनिकर कार्की सदस्य रहेका थिए ।नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्वारा स्थापित सो पुरस्कारको राशी ४४ हजार ४ सय ४४ रुपैँया रहेको छ ।
२ दशक भन्दा बढीदेखि सक्रिय पत्रकारितामा रहेका खनाल एभिन्यूज टेलिभिजन लुम्बिनीका व्यूरो चिफ हुन् भने राज्य टेलिभिजन, दृष्टि अनलाइन लगाएतका सञ्चार माध्यममा आवद्ध छन् ।
प्रतिक्रिया