ताजा अपडेट »

‘भोजको साथ मोज’ को स्कूटर उपहार तिलोत्तमाका आचार्यलाई

सोमबार, १३ मंसिर २०७८

बुटवल। खाजा तथा घरेलु उपभोग्य बस्तुको अनलाईन मार्केटिङ्ग गर्दै आएको भोज अनलाईनले आफ्ना भाग्यमानी ग्राहकका लागि स्कुटर उपहार दिएको छ । रुपन्देही तिलोत्तमा ड्राईभरटोलका सुयोग आचार्यले भोजको भाग्यमानी ग्राहक स्कुटर उपहार प्राप्त गरेका हुन्। आचार्यले भोजको भाग्यमानी ग्राहक स्कूटर उपहार ‘भोजको साथ मोज’ अन्तरगत भेस्पा स्कुटर उपहार प्राप्त गरेका छन् ।

एक हजार रुपैया भन्दाबढीको खाजा तथा घरेलु उपभोग्य बस्तु खरिद गर्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा स्कुटर उपहार दिने योजना अन्तरगत आचार्यले भोजबाट भेस्पाको स्कुटर उपहार पाउनु भएको सुरपभाईजर अमन भण्डारीले जानकारी दिए । ‘भोजको साथ मोज’ अन्तरगत आचार्यले दुई लाख ८० हजारको स्कुटर प्राप्त गरेका हुन्।

भोजले काठमाण्डौ, भक्तपुर, बुटवल र भैरहवाका लगभग ७ सय होटल तथा रेष्टुरेन्टहरुसँग समन्वय गरेर खाना, खाजा र घरायसी उपभोग्य बस्तु अनलाईन वितरण गर्दै आएको बुटवलका प्रवन्ध निर्देशक नेहा अग्रवालले जानकारी दिइन् । उनले ग्राहकलाई सहज र सजिलो सेवासँगै समयसमयमा ग्राहकको खुशीका लागि उपहार योजना ल्याउने र सो लाई वितरण गर्ने योजना अन्तरगत हाल भेस्पा स्कुटर वितरणको योजना ल्याइएको बताइन् ।

भोजले बुटवलमा स्थानीय ५० रेष्टुरेन्टबाट २५ जनाभन्दाबढी कर्मचारीबाट सेवा दिई रहेको छ । भोजले ग्राहक उपहार अन्तरगत बन्जी जम्प लगायतका उपहार कार्यक्रम पनि राखेको छ ।