ताजा अपडेट »

नाडामा ध्रुव थापा समूहको उम्मेदवारी

आइतबार, १२ मंसिर २०७८

बुटवल । नाडा अटोमोबाईल्स ईसोसियसन अफ नेपालको साधारण सभामा अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको टिमले आईतबार बुटवलमा उम्मेदवारी घोषणा गरेको छ। जसमा सदस्य यमुना श्रेष्ठ, आकास गोल्छा, अमरज्योती रंजित, बिएन पाठक, दिपक कुमार अग्रवाल, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायण पि पौडेल(राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्दि कार्कि, सगुन बिएस कंसाकार, संजय कुमार खेतान, शुभासिस थपलिया सहितको १७ सदस्यीय टिमको घोषणा गरेका हुन।

मंसिर २२ र २३ गते काठमाण्डौंमा हुने अधिवेसनमा अध्यक्षका उम्मेदवार करण चौधरीको विरुद्ध थापाले उम्मेदवारी दिएका हुन । नाडालाई कर्पोरेट घरानाको पहुँच वा सिण्डिकेट हटाउन चाहेको बताए। दुई कार्यकाल उपाध्यक्ष र सदस्य पदमा रहेर योगदान दिएको स्मरण गर्दै आम उद्योगी ब्यवसायीहरुलाई हकहितमा योगदान दिनेगरि उम्मेदवारी दिएको उनले बताए। संस्थामा साधारण र मध्येमस्तरका सदस्य बढि रहेको भएपनि केवल ५ प्रतिशतमात्र सदस्य रहेका कर्पोरेट हाउसको दबदबा नेतृत्वमा हुने गरेको भन्दै यो हटाउने बताए।

आम ब्यवसायी जो ९० प्रतिशत ब्यवसायीहरु छन उनिहरुको हकहितमा तथा ६५ प्रतिशत मोफसलका सदस्यहरु संस्थामा रहेकाहरुको हकहितमा लागेकाले पनि जित सुनिश्चित रहेको दाबी गरे । ईतिहासमै पहिलोपटक महिलासहित समावेशी टिम भएको उनले बताए। संस्थामा निरन्तर २१ वर्षदेखि योगदान दिएको भन्दै उनले पटकपटक मिलेर जाने नाममा ठूला घराना हाबि भएको आरोप लगाए। अहिले पनि आफू मिलेर जाने पक्षमा रहेको र पहल भैरहेको बताए। योगदान र उमेरका हिसाबले पनि अहिले अध्यक्षको बलियो दाबेदार भएको भन्दै उनले वर्तमान अध्यक्ष कृष्ण दुलाल एउटा पक्षलाई बोकेर हिड्दा ठूलो समस्या आएको गुनासो गरे ।

सरकारको नीति स्थाई प्रकारका नहुनु ब्यवसायीहरुलाई सबैभन्दा ठूलो समस्या आईलागेको भएको भन्दै उनले एउटा लक्ष्य लिएर सामान भित्र्याईरहेको बेला सरकार वा कर्मचारी हट्दा नीति परिवर्तन हुनेजस्ता ठूलो समस्या रहेको बताए । संस्थामा सबै खाले स्पेयरपार्टस, टु वा फोर ह्विलर विक्रि वितरण गर्ने ब्यवसायीहरु आवद्ध रहेका छन। नेपालमै अटोमोबाईलका उत्पादनमूखि उद्योगीहरुलाई प्रोत्साहन गर्ने नीति बनाउन प्रक्रियागत रुपमा समेत अघि बढ्ने बताए। देशभरमा ३ हजार १ सय ९० जना सदस्यहरु छन।