ताजा अपडेट »

एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने

शनिबार, ११ मंसिर २०७८

चितवन । नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन् । 

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।