असोज २९,
ग्लोबल आवाज
बुटवल । प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको पाचौं दिनको पहिलो खेल अहिले हुुँदैछ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदान नयाँमिल–१० नम्बरमा रुपन्देही पल्टनले टस जितेर व्याटिङ गर्दै जम्मा ७६ रनमा समेटियो । रुपन्देही पल्टन्सलाई सबै विकेट सहित जम्मा ७६ रनमा समेट्न सफल रेन्बो ज्ञानोदयले अहिले जवाफी व्याटिङ गरिरहेको छ । प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेल पाल्पाली लिजेण्डस् र रोयल शंकरनगर बीच हुने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी दिए ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने संयोजक भुर्तेलले जानकारी दिए ।
प्रतिक्रिया