माघ १५,
सरकारभित्रको भ्रष्टचारको अन्त्य गर्ने उद्देश्यले मलेशियाले एउटा महत्वकांक्षी पञ्चवर्षे योजना ल्याएको छ । एउटा खर्बौं डलरको सरकारी कोष हिनामिनाको मामिलाले अघिल्लो सरकार ढलेको केही महिनापछि नयाँ सरकारले यो योजना ल्याएको हो ।
प्रधानमन्त्री माहाथिर मोहम्मदले मंगलबार सो योजना सार्वजनिक गरेका हुन् । नयाँ योजनाले प्रमुख पदहरुको नियुक्ति प्रक्रिया, सांसद तथा मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियममा ठूलो परिवर्तन ल्याउने बताइएको छ । साथै राजनीतिक कोष र लबिङहरुलाई नियमन गर्ने नयाँ कानुन पनि ल्याउने बताइएको छ ।
गत वर्षको मे महिनामा भएको आम चुनावमा मलेशियाका जनताले पूर्व प्रधानमन्त्री नाजिब राजाकको सरकारलाई भारी मतान्तरले हराउँदै राजनीतिबाट सन्यास लिई सकेर भ्रष्टचारको अन्त्य गर्न पुनरागमनको बाटो रोजेका महाथिरलाई जिताएका थिए ।
पूर्व प्रधानमन्त्री नाजिब राजाकमाथि पूर्व प्रधानमन्त्रीले स्थापना गरेको सरकारी कोष वानएमडिबिबाट ४ अर्ब ५० करोड डलर हिनामिना गरेको आरोप छ । सो मामिलामा हालसम्म पनि नाजिब, उनकी श्रीमती र उनको प्रशासनका उच्च दर्जाका अधिकारीहरुले दर्जनौं फौजदारी अभियोगको सामना गरिरहेका छन् । ती सबैले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् ।-
एजेन्सी
प्रतिक्रिया