ताजा अपडेट »

कालिकामा खेलकूद महिना

शुक्रबार, १० मंसिर २०७८

बुटवल । कालिका मानवज्ञान माबिले मंसिर महिनालाई खेलकूद महिनाको रुपमा मनाउने भएको छ । विद्यालयको ६१औं वार्षिकोत्सबको अवसर पारेर विद्यार्थीहरुलाई खेलकूद र अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी अवसर प्रदान गर्नको लागि खेलकूद महिनाको कार्यक्रम गर्न लागिएको हो ।

यस कार्यक्रम अन्तर्गत ३ सातासम्म विद्यालयका आन्तरिक प्रतिष्पर्धात्मक खेलकूद हुने र अन्तिम साता जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता हुने विद्यालयका खेल संयोजक हरिश ओलीले बताए ।

शुक्रबार भएको उद्घाटनमा कक्षा ११ र १२ स्तरीय दौड , हाईजम्प र लङजम्पका आन्तरिक प्रतिष्पर्धाहरु सम्पन्न भएका छ । हरेक शुक्रबार विद्यालयमा आन्तरिक प्रतिष्पर्धात्मक कार्यक्रमहरु गरेर सबै विद्यार्थीलाई अवसर दिइने र उत्कृष्ट खेलाडीलाई विद्यालयले वार्षिकोत्सव मूल समारोहमा पुरस्कृत गर्ने विद्यालयले जनाएको छ ।