ताजा अपडेट »

दार्चुलामा पनि कांग्रेसको मतगणनास्थलमै झडप, तीनजना घाइते

शुक्रबार, १० मंसिर २०७८

दार्चुला । दार्चुलाको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा झडप भएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको लिल्लाअधिवेशनको नेतृत्वका दुई सभापतिका प्रत्याशीका समूहबीच झडप भएको हो।

सभापतिका उम्मेदवार ललितसिंह बोहोरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो। बोहोराको समूहले धामी पक्षधरहरूलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको एक नेताले बताए । झडपमा परी धामी पक्षका राजेन्द्र विष्ट, सुरेश विष्ट, वसन्तबहादुर साउदलगायत घाइते भएका छन्। उनीहरू शैल्यशिखर नगरपालिकाका हुन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो।