ताजा अपडेट »

नेपाल र जोर्डन बीचको खेल : नेपाल एक गोलले पछाडि

मंगलबार, २८ असोज २०७६

असोज २८,

ग्लोबल आवाज

बुटवल । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो अन्तर्गत यतिबेला जोर्डन र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली टोलीले पहिलो खेल जोर्डनकै घरेलु मैदानमा खेल्दैछ । पहिलो हाफमा बराबरीमा राख्न सफल नेपालले दोस्रो हाफको ११औं मिनेटमा भने एक गोलबाट पछाडि परेको छ । खेलको ५६औं मिनेटमा नेपाली डि एरियामा फल्ट भएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको हो । अवसरको सदुपयोग गर्दै पेनाल्टीमा जोर्डनले नेपाल विरुद्ध एक गोलको अग्रता लिएको छ । एसियाली छनोटको समुह डीमा रहेको जोर्डनले दुई खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ ।उसले पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा कुवेतसंग १–१ गोलको बराबरी खेलेको थियो ।

यता, नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने चाईनिज ताईपेलाई २–० ले हराएको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।गत सातामात्र अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित रह्यो । नेपालले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारदेखि दोस्रोमा छ । अष्ट्रेलियाको दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको तीन खेलबाट ४ अंक र अंक विहिन ताईपे तालिकाको पुछारमा छ ।