भैरहवा । नेपाली कांग्रेसका १४ औं अधिवेशन अन्र्तगत रुपन्देही जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने सहमति भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम गृहमन्त्री बालकृष्ण खाँण लगायतका नेताहरुको पहलमा जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुने नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिएका छन् ।
आज कांग्रेसका पार्टी कार्यालयमा चलेका बैठकले जिल्लामा सर्वसम्मत नेतृत्प चयन गर्ने जनाए पनि कुन पदमा को हुने भन्ने खुलाएको छैन । यद्दपी कांग्रेस श्रोतका अनुसार जिल्ला सभापतिमा वर्तमान सचिव समेत रहेका रामकृष्ण खाँणलाइ दिईने चर्चा छ । पार्टी कार्यालयमा बालकृष्ण खाँणको अगुवाईमा सांसद प्रमोद कुमार यादव, क्षेत्र नम्बर ३ का निर्वतमान सभापति मातृका प्रसाद यादव, कांग्रेस नेता रामचन्द्र ढकाल, विश्वनाथ यादव लगायतका नेताहरुको पहलमा सर्वसम्मतिको निर्णय भएको रज्जाकले जानकारी दिए ।
निर्वाचन तालिका अनुसार भोलि जिल्लाको निर्वाचनको कार्यक्रम रहेको छ । आज भएको निर्णय कार्यान्वयन भोलि हुने रज्जाकको भनाई छ । यसले रुपन्देही कांग्रेसमा विवाद रहेको भ्रमलाई चिर्ने उनको दावी छ ।
प्रतिक्रिया