ताजा अपडेट »

तिनाउ खोलामा एक पुरुषको शव फेला

विहीबार, ०९ मंसिर २०७८


बुटवल । तिनाउ खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ भुतखोला नजिकै तिनाउ खोलामा बगाएर ल्याएको अवस्थामा एक पुरुषको शब फेला परेको दोभान प्रहरीले जनाएको छ ।

पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको दोभान प्रहरीले जनाएको छ ।