ताजा अपडेट »

कांग्रेस महाधिवेशनः रुपन्देही-३ मा गुरुङ नेतृत्वको प्यानलको अग्रता

बुधबार, ०८ मंसिर २०७८

भैरहवा । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा सुशील गुरुङ्को प्यानल अगाडि रहेको छ । १ सय मतगणना हुदा सभापति पदका उम्मेद्वार सुशील गुरुङले ६२ मत प्राप्त गरेका छन भने मातृका प्रसाद यादवले ३५ मत र अर्का सभापति पदका उम्मेद्वार महेन्द्र यादवले १ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिएका छन ।

यस्तै सचिवमा लेखनाथ भट्टराई ५२ मत, भवानी रिजाल ७९ मत, शैलेश पन्त ३२ मत र टन्क पाण्डेले ३३ मत प्राप्त गरेका छन । सहसचिवमा कुल प्रसाद न्यौपानेको ५५ मत, प्रेम सागर थारु ५६ मत, सुरेन्द्र धवल ३६ र अमृता लम्सालले ३८ मत प्राप्त गरेका छन । ६ सय ७२ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६ सय ५० मत खसेको थियो । हिजो मतदान भएकोमा दुबै पक्षको सहमतिमा आज मात्र मतगणना सुरु भएको हो ।