बुटवल । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मंसिर ९ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्ला हुने कार्यक्रममा सहभागि हुन आउने भएका छन् । रुपन्देही, बाँके, कपिलबस्तु र दाङमा हुने कार्यक्रममा सहभागि हुन पूर्व प्रधानमन्त्री भट्टराई र वरिष्ठ नेता अशोक राई आउने कार्यक्रम तय भएको जससाका लुम्बिनी प्रदेशका मुख्य सचिब यज्ञ पोखरेलले बताए ।
डा. भट्टराईले मंसिर ९ गते जसपाले आयोजना गरेको बर्दियाको राजापुरमा हुने आभसभालाई सम्बोधन गर्ने मुख्य सचिब पोखरेलले बताए । मंसिर ११ गते राप्ती गाउँपालिका दाङमा हुने आमसभालाई सम्बोधन गर्ने छन् भने १२ गते बिहान कपिलबस्तुको वाणगंगामा अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रममा सहभागि हुने छन् ।
यस्तै मंसिर १२ गते दिउँसो रुपन्देही क्षेत्र नम्बर–२ का अगुवा कार्यकताहरुसँगको अभिमुखिकरण कार्यक्रममा सहभागि हुन पूर्वप्रधानमन्त्री भट्टराई बुटवल आउने मुख्यसचिव पोखरेलले बताए ।
प्रतिक्रिया