ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा खैरो हेरोइनसहित ३ जना पक्राउ

आइतबार, ०५ मंसिर २०७८

बुटवल । रुपन्देहीको सैनामैनामा अवैध लागुऔषध (खैरो हेरोइन)सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले शनिबार राती सैनामैना–७ हरनैयाका ३७ वर्षीय पुर्णबहादुर थापा, सोही ठाउँका ३३ वर्षीय मनोज थापा र देवदह नगरपालिका–५ बस्ने २३ वर्षीय सागर सिंह थापालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८ ग्राम ४३० मिलि ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारेपछि थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट म्याद थप भई आएको प्रहरीले जनाएको छ ।