ताजा अपडेट »

श्रीलङ्कामा डेंगुबाट दुईको मृत्यु, ३७ सय प्रभावित

मंगलबार, १५ माघ २०७५

माघ १५ ,

कोलम्बो ।  श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । 

यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् । 

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । 

प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् । 

स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् । 
बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । 

“यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुन्छ, त्यसैले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनु पर्छ,” चिकित्सकहरुको भनाई छ । 

गत बर्ष पनि श्रीलङ्कामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए । 

(रासस/सिन्ह्वा)