ताजा अपडेट »

लालपूर्जा पाउनुपर्छ : मेटमणि चौधरी

शुक्रबार, ०३ मंसिर २०७८

नवलपरासी । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले लालपूर्जा पाउनुपर्ने बताएका छन् । शुक्रबार नवलपरासीको वर्दघाट पञ्चनगरमा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयले आयोजना गरेको कार्यक्रममा सासंद चौधरीले लालपूर्जा नागरिकहरुले लालपुर्जा पाउनुपर्ने दावी गरेका हुन ।

नवलपरासीको वर्दघाट नगरपालिका पञ्चनगरमा बसोबास गर्दै आएका नागरिकले लालपूर्जा नपाउनु दुखद भएको भन्दै उनले यहाँका नागरिकलाई छिटोभन्दा छिटो लालपुर्जा दिलाउन आफू लाग्ने वताए । नेपाल कम्यूनिष्ट पाटी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका नेता चौधरीले ६ महिनाभित्र नेपालका करिव १३ हजार अव्यवस्थित बसोबास गरेका नागरिकलाई लालपूर्जा दिलाउन आफूहरु लडिरहेको बताए ।

उनले कम्यूनिष्ट पार्टीलाई जनताका आवश्यकता पूरा नगर्ने शर्तमा सरकारमा बस्ने अधिकार नभएको बताए । उनले भने ‘सरकारमा सहरी विकास मन्त्रालय हाम्रै नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीका नेता रामकुमारी झाक्रिले समाल्नुभएकाले अब अव्यवस्थित वस्तीका नागरिकले छिट्टै लालपुर्जा पाउनुहुन्छ ।’ उनले विभागिय मन्त्रीसगँ छलफल भैरहेको र निकास निकाल्ने जिम्मेवारी समेत आफूलाई प्राप्त भएकाले पञ्चनगर लगायत १३ हजार अव्यवस्थित वसोवास गर्ने नागरिकले लालपूर्जा पाउने कुरामा आफू ढुक्क भएको बताए ।