भैरहवा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज रुपन्देहीमा प्रदेश सभा अन्र्तगतका चुनावहरु जारी रहेका छन् । ५ वटा क्षेत्र अन्तर्गत १० वटा प्रदेश क्षेत्र रहेकोमा ९ वटामा अहिले निर्वाचन जारी रहेको छ भने रुपन्देहीको प्रदेश क्षेत्र ५ (ख) मा निर्विरोध नेतृत्व चयन भएको छ । सो क्षेत्रमा बिनाराम यादवको नेतृत्वमा सबै पद निर्विरोध चयन भएको निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।
यस बाहेक बाँकी ९ वटै प्रदेश सभा अन्तर्गतका क्षेत्रहरुमा चुनावी प्रक्रिया जारी रहेको छ । नेपाली कांग्रेसको निर्वाचनमा भाग लिने मतदाता (क्षेत्रिय प्रनितिधि) हरुले जनताको समस्या र नेपाली कांग्रेस जानेकालाई निर्वाचित गराउने बताएका छन् । १३ पटक महाधिवेशन भई सकेको नेपाली कांग्रेसका इतिहासमा नेपाली जनताले चाहेको र कांग्रेसलाई चलायमान गर्न सक्ने नेतृत्व मात्र चयन भएको हुदा यस पटक पनि त्यसै अनुसारका चयन हुने मतदाताहरुको भनाई छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत भई सकेका नेपाली कांग्रेसका नेता बिष्णु थापाले अहिलेको परिवेशलाई समेटन् सक्ने गरि नेतृत्व चयन गर्नु पर्ने आवश्यकता अपनाए । यस्तै क्षेत्रिय प्रतिनिधि युवकला पाण्डेले जनताको समस्याहरुलाई राम्रोसँग बुझेको प्रतिनिधि चयन गर्ने बताईनु । उनले यो पार्टीको आन्तरिक निर्वाचन भएकोले गुट उपगुट जे भए पनि त्यो निर्वाचनको लागी मात्रै हुनु पर्ने र निर्वाचन पश्चात छाता नेतृत्वमा बस्नु पर्ने बताईन ।
रुपन्देहीमा १० स्थानमा भई रहेको निर्वाचनमा ३ हजार भन्दा बढी मतदाताले भाग लिदैँ छन् । अहिले सबैको नजरमा रुपन्देही सदरमुकाम भैरहवा पर्ने निर्वाचन क्षेत्र धेरैको चासोको बिषय बनेको छ । २ प्यानल बनाएर उम्मेदवारी परेको यो क्षेत्रमा ३ सय ४१ जना मतदाता रहेको मतदान अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिए । उनले आज २ बाट नै मतदान प्रक्रिया सुरु भएकोले आजै मतदान सकाएर मतगणना गरिने जानकारी दिए ।
प्रदेश सभाको ३ (क) अन्तर्गत पर्ने यो क्षेत्रमा अधिवक्ता पुरन प्रसाद श्रेष्ठ र सुरेन्द्रजंग थापाको नेतृत्वमा प्यानल खडा गरि ३० जना चुनावी मैदानमा होमिएका छन्। यस्तै रुपन्देही जिल्लाको १० वटा प्रदेश क्षेत्रिय अधिवेशनमा ५ सय जना हाराहारीमा उम्मेदवार रहेको र सबै क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन प्रक्रिया जारी रहेको रुपन्देहीका मूख्य निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया