ताजा अपडेट »

सौर्यको लुम्बिनी-विराटनगर उडान र पर्यटकीय अनुभूति

विहीबार, ०२ मंसिर २०७८

बुद्ध जन्मस्थल लुम्बिनी स्थित भैरहवा गौतम बुद्ध विमानस्थलबाट विराटनगरका लागि क्षेत्रीय उडान शुरू भएदेखि भैरहवा,विराटनगरसम्मको लामो झण्झटिलो यात्राबाट अब मुक्ति मिलेको छ ! पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने मार्गको दुरावस्था र बुटवल नारायणगढ सडकखण्डकोे निर्माणाधीन बाटो हुँदै ५ सय कि.मि. टाढाको विराटनगर अब ४५ मिनेट भित्रै पुग्न पाउँदा यात्रा निकै सहज भएको छ । बुद्ध एयरले भैरहवाबाट काठमाण्डू बाहेक पोखरा र भरतपुर उड़ान शुरू गरेलगत्तै सौर्य एयरलाइन्सले पूर्व–पश्चिचमलाई हवाई मार्गबाट जोड्नु हवाई उडान इतिहासमा नयाँ कदम मान्नु पर्दछ ।

वास्तव मा यो पूर्व–पश्चिम बीचको क्षेत्रिय उड़ान नेपाली हवाई इतिहासमा पहिलो हो र अब विस्तारै धनगढी –भैरहवा,धनगढी–विराटनगर र भैरहवा भद्रपुर पनि जोडिँदै गए भविष्यमा लुम्बिनी पर्यटन विकासमा सघाउ पुग्ने निश्चित छ । विराटनगर र भद्रपुरले भारतीय बौद्धमार्गीसँगै बंगलादेशी र म्यांमारका बौद्धमार्गीलाई लुम्बिनी भ्रमण गर्न सहज पार्ने छ । यो उड़ानले पूर्व–पश्चिमका आफन्त जोडिए,पूर्वेलीसंगै सिक्किम,दार्जिलिङ्ग एवम् पुरवोतर भारतीय,बांगलादेशी,बर्मेली बौद्धमार्गीलाई लुम्बिनी दर्शन गर्न सहज तुलयाएको छ । त्यस्तै पश्चिमका नेपालीलाई पाथिभरा माता दर्शन र ईलाम,कन्याम भ्रमण र सिक्किम दार्जिलिङका आफन्त भेटन र भ्रमण गर्न सहज भएको छ ।

सौर्य एयरका अध्यक्ष दिपक पोखरेलले यो नयाँ रुटले विराटनगर र भैरहवा ,बुटवल क्षेत्रका उद्योगी,व्यापारी/व्यवसायीलाई लामो यात्राका लागि छोटो गराई नयाँ व्यापार सम्पर्क मार्ग बनाएको उल्लेख गरे । अध्यक्ष पोखरेलले विमानले पूर्वी नेपाल र पूर्वोत्तर र भारतीयलाई सहज रछोटो समयमा लुम्बिनी भ्रमण गर्न सजिलो भएको बताउनु बताउँछन्।

भैरहवा र विराटनगरका स्टेशन मैनेजरद्वय जितेन्द्र यादव र प्रकाश पौडेलले यो पूर्व–पश्चिम नया हवाई गन्तव्यलाई दिगो र भरपर्दो बनाउन संचार क्षेत्र र नागरिक समाजले सघाउनु पर्ने बताउँछन् । यो रुट वास्तवमा पूर्व–पश्चिमका आफन्त जोड्ने बलिको आधारका रुपमा उडानलाई कायम गर्नु पर्ने यात्रुको सुझाव रहेको म्यानेजरद्वय यादव र पौडेलले बताए ।

जे होस् हवाई ईतिहासमा पूर्व–पश्चिम नयाँ हवाई गन्तव्य जोडिनु क्षेत्रिय उड़ानको अवधारणाका लागि सार्थक हो । यस यात्रा र गन्तव्यलाई दिगो बनाउँदै अन्य नया क्षेत्रिय गन्तव्यलाई थप्दै गए नेपाली हवाई यातायातमा नौलो आयाम थपिने छ । सौर्यको भैरहवा विराटनगर उड़ानमा पश्चिमदेखि पूर्वका धौलागिरी,अन्नपूर्ण हिमालदेखि सगरमाथा हुँदै कन्चनजंघासम्मका देखिनु माउण्टेन फÞ्लाइटको आनन्द दिएको हामीले यात्रा गर्दा अनुभव गर्यौं ।

सफा मौसममा पूर्व–पश्चिमका सबै हिमालको नजिकबाट अवलोकन गर्न पाउने यात्रा अनुभव निकै रोमाञ्चक रहन गयो! अझै कन्चनजंघा पछि कुनै हिमाल नदेखिनु र हिमालय टुगिंयर त्यस पछि बंगालको खाडी नै भएको जस्तो हामीले अनुभव गर्यौं । मसँगै भैरहवा बुटवलका आठ सञ्चारकर्मीको यात्रा विराटनगर हुँदै ईटहरी,धरान र भेडेटारसम्म रहयो । एकै रातको यात्रामा तराईको न्यानो घामबाट भेडेटारको चिसो हिमाली हावाको अनुभूति हाम्रा लागि मनमोहक र अविस्मरणीय रहयो ।

हामीले भेडेटारका पर्यटन व्यवसायीसँग सिमावर्ती भारतिय पर्यटकलाई गर्मीमा यहाँको आनन्दित हावा,पानीमा रमाउन पाइने कुरालाई प्रचार–प्रसार गरी पश्चिमका नेपालीलाई यस क्षेत्रको अनुकूल वातावरण बारे जानकारी गराई आकर्षित गराउन सके पर्यटन क्षेत्र थप उचाइमा पुग्ने विचारसहित सुझाव राख्यौं ।

भविष्यमा विराटनगर विमान स्थलबाट बंगलादेशको सैयदपुर विमानस्थल जोडिन सके यसलाई क्षेत्रिय अन्तरराष्ट्रीय उड़ानको सम्भावना रहेको औंल्यायौं । बांग्लादेश दक्षिण एशियामा आर्थिक विकासमा अघि बढिरहेको राष्ट्र हो । त्यहाँको सधैं गर्मी नेपालको नजिकको पहाडी शहर आकर्षक हुन सक्ने बतायौं । सैयदपुर बंगलादेशको बिराटनगर र भद्रपुरसंग नजिक रहेको शहर र विमान स्थलहो । बांग्लादेशले यस विमान स्थलबाट पूर्वी नेपाल जोड्न इच्छुक छ । यसो भए विराटनगर र सैयदपुर १ घण्टा भित्र हवाई मार्गबाट जोडिन सक्छ ।

यसरी अब आन्तरिक पर्यटन बजार,सिमावर्ती भारतीय पर्यटन बजारसंगै क्षेत्रिय अन्तराष्ट्रिय व्यापार र पर्यटन बजार हाम्रो आर्थिक विकासका लागि कोसेढुंगा हुन सक्छ । यसमा प्रदेश सरकार र संघीय सरकारले गृहकार्य गरी अगाडि बढ्न जरुरी छ । साथै स्थानीय सरकारले स्थानीय स्तरका पर्यटन क्षेत्रको पहिचान र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्नु पर्दछ । हाम्रा कृषि उत्पादनलाई भारत,भुटान,बंगलादेश आदि मुलुकमा निर्यात गर्न क्षेत्रिय अन्तरराष्ट्रीय उडानले सघाउने र यी मुलुकबाट पर्यटक आकर्षित गर्न सके असंख्यक पर्यटक नेपाल भित्रने सम्भावना रहेको छ ।

सौर्य एयरसंगै विभिन्न हवाई सेवा कन्पनीहरुले अब क्षेत्रिय अन्तरराष्ट्रीय उडानलाई प्राथमिकत मा राखेर देशको व्यापार र पर्यटनसंगै आन्तरिक बजारका उत्पादनलाई अन्तरराष्ट्रीय बजारसम्म पुर्याउन पहल गर्न जरुरी रहेको छ ।

देशमा घेरै वायू सेवा कम्पनी आन्तरिक प्रतिष्पर्धासंगै क्षेत्रिय अन्तरराष्ट्रीय उडानमा यसलाई कायम राख्न जरुरी छ । हाम्रो मुलुक पश्चिम शहर भारतको लखनऊ,दिल्ली र पूर्वी शहर बंगलादेश र भुटानसंग नजिकमा रहेका छन । यो नौलौ हवाई गन्तव्य हवाई कम्पनी ,यात्रु र गन्तव्य मुलुकका लागि अत्यन्त फलदायी हुने पक्का छ ।

भविष्यमा पोखरासँगग बंगलादेश अन्य गन्तव्य ,भैरहवासँग धेरै अन्तरराष्ट्रीय गन्तव्य जोडिने क्रममा क्षेत्रिय उडानले थप उचाई लिने निश्चित छ । सौर्य एअरलाइन्सको भैरहवा–विराटनगर उडानले दुई शहरसँगै,प्रदेश,बुद्धजन्मस्थल लुम्बिनी र हिमाललाई जोडेको छ । व्यवसायिक र व्यपारिकसँगै आफन्त र इष्टमित्रलाई विशेषगरी पर्यटनलाई जोडेको छ । यस्ता हवाई सञ्जालले मुलुकका हरेक क्षेत्रलाई जोड्न सके यातायात क्षेत्रमा मात्रै नभई चौतर्फी विकासमा महत्वपूर्ण टेवा पुग्दछ ।