ताजा अपडेट »

दुर्घटनामा परी घाइते भएका कपिलबस्तुका २८ वर्षिय डाः दीपकको निधन

विहीबार, ०२ मंसिर २०७८

बुटवल । मोटरसाइकल दुर्घटना परी घाइते हुनु भएका चिकित्सक दीपक खरेलको निधन भएको छ । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका स्थित कपिलवस्तु सामुदायीक अस्पतालका कार्यरत डा. खरेल बुधवार बिहान ८ बजे उपचारका क्रममा निधन भएको छ ।

डा. खरेलको कर्तिक २१ गते कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ टिक्करमा मोटरसाइकल दुर्घटनामा परेका थिए । गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु १६ प ३५१६ नम्बरको मोटरसाइकल बिहान अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दीलिप कार्कीले बताए ।

टाउकोमा गम्भिर चोट लागेका खरेललाई उपचारका लागि बुटवल पुराइएको थियो । बुटवलमा उपचार सम्भव नभए पछि थप उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट मात्र लागेको थियो । निधन भएका डा.खरेल बाणगंगा नगरपालिका कै बासिन्दा रहेको बताइएको छ ।