ताजा अपडेट »

रुद्रदेवी छैठौं वर्षमा, नृत्यबाट फिटनेश सिकाउने अभियान

बुधबार, ०१ मंसिर २०७८

भैरहवा । भैरहवामा रहेको रुद्रदेवी कला केन्द्र छैठौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर केन्द्रले “मिलानो फुटवेयर द बिगेस्ट डान्स विथ हेल्थ फिटनेश क्याम्प २०७८” सञ्चालन गर्ने जनाएको छ । “वान वल्ड वान हेल्थ टु ह्युमनिटि” भन्ने नारा सहित ५ महिना शिविर सञ्चालन गरिने केन्द्रका सञ्चालक सुनिल गुप्ताले जानकारी दिए । उनले नेपालका बिभिन्न शहरहरुमा पुगेर खानपान, रहनसहनका बारेमा जानकारी दिने कार्यक्रम रहेको बताए ।

उनले नृत्यका माध्यमबाट ग्यारेन्टीका साथ ब्यक्तिहरुको तौल कम गर्ने दावी समेत गरे । शिविरमा सहभागी भए बापत १ सय रुपियाँ मात्र लाग्ने बताउँदै उनले करिब ५ बर्षसम्म सञ्चालन हुने यस अभियानमा ४५ लाख खर्च लाग्ने जानकारी दिए । रुद्रदेवी कला केन्द्रले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चालक गुप्ताले अभियानमा कोलेष्ट्रोल नियन्त्रण, आत्मविश्वास बढाउने, रोग प्रतिरोधी क्षमताको विकास गर्ने, मनोरोग कम गर्ने लगायत बारे पनि उपलब्धिमूलक जानकारी प्रदान गर्ने कार्यक्रम रहेको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको रुद्रदेवी कला केन्द्रले नृत्यका बिभिन्न कलाहरु सिकाउँदै आएको छ । अहिले वार्षिकोत्सवको अवसर पारेर केन्द्रले बिभिन्न कोर्षहरुमा आकर्षक छुट प्रदान गरेको गुप्ताले बताए । बार्षिकोत्सवको अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले पत्रकारहरु आफ्नो शारिरीक अवस्थालाई पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले दिनभरि काममा ब्यस्त हुने पत्रकारहरु कम्तिमा दिनको १ घण्टाको समय दिनु पर्ने र यसको लागी नृत्य उपयुक्त माध्यम रहेको बताए ।