ताजा अपडेट »

१३ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा मुखिया पक्राउ

बुधबार, ०१ मंसिर २०७८

बुटवल । गुल्मीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईस्मा गाउँपालिका–३
दौवा बस्ने १९ वर्षीय कृष्ण मुखिया रहेको प्रहरीले जनाएको छ ।

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुखियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।