ताजा अपडेट »

प्रतिष्पर्धीहरुलाई ‘क्लिनस्विप’ गरि अगाडि बढ्छौं: हरि लम्साल

बुधबार, ०१ मंसिर २०७८

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.२ का सभापति हरि लम्सालले महाधिवेशनमा प्रतिष्पर्धीहरुलाई ‘क्लिनस्विप’ गर्ने बताएका छन् । क्षेत्र नं. २ को सभापतिका लागि रामचन्द्र पौडेल समूहले आयोजना गरेको उम्मेदवारी घोषणासभामा बोल्दै पुनः सभापतिका दाबेदार लम्सालले प्रतिष्पर्धीहरुलाई केन्द्रसम्म नौ क्लीन स्वीप गर्ने बताए ।

उनले नेतृत्व लिनेले नेतृत्व परिवर्तनको लागि प्रतिष्पर्धीसँग भिड्न डराउन नहुने बताए । ‘सहमतिका कुरा पनि आए, हामिले सहमति किन गर्ने ? जब हामीले नेतृत्वको परिवर्तन हामी खोजेका छौं ।’ उनले भने ‘नेतृत्व लिनेले नेतृत्व परिवर्तनको लागि भिड्ने हो, हामी भिड्छौं ।’

लम्सालले नेतृत्व परिवर्तन गर्न लागेकाहरुलाई हार्ने छुट नभएको बताउँदै आफ्नो समुहले निर्वाचन जित्ने दाबी गरे । उनले भने ‘नेतृत्व परिवर्तन गर्न लागेका हामिहरुलाई हार्ने छुट छैन् । हामी जसरी पनि जित्नुपर्छ र जित्छौ पनि ।’