ताजा अपडेट »

प्रधानन्यायाधीश जबराले तोके ९ इजलास, सबैखाले मुद्दा पेसीमा

बुधबार, ०१ मंसिर २०७८

काठमाडौं। सर्वोच्च अदातलमा आजका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् ।

सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।