ताजा अपडेट »

प्रचण्डको राजकीय ठाँट : उद्घाटन कार्यक्रममा सहभागी हुँदा सार्वजनिक विदा !

बुधबार, ०१ मंसिर २०७८

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि रामगोपाल नगरपालिकाले सार्वजनिक विदा आह्वान गरेको छ । प्रदेश नम्बर २ महोत्तरीको रामगोपाल नगरले मँगलबार एक सार्वजनिक सूचना जारी गर्दै बुधबार आजका लागि विदा आह्वान गरेको हो ।

स्वास्थ्य केन्द्रको उद्घाटनका लागि आज बुधबार माओवादी अध्यक्ष प्रचण्ड रामगोपाल नगरपालिका जाने कार्यक्रम रहेको छ । गोपालपुर नगरप्रमुख आशोक कुमार मण्डल तथा निमिक्त प्रमुख प्रशासकीय अधिकृत धिरजलाल कर्णद्वारा हस्ताक्षरित विज्ञप्तिमा वडा नम्बर १ मा सार्वजनिक विदा आह्वान गर्दै प्रचण्डको कार्यक्रममा सहभागि हुन आग्रह गरिएको छ ।

पत्रमा लेखिएको छ–‘रामगोपाल नगरपालिका महोत्तरी अन्तरगतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ को उद्घाटन सम्माननीय पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यूद्वारा तपशिलको मिति र स्थानमा हुने भएकोले उक्त दिन सार्वजनिक विदा हुने व्यहोरा जानकारीका लागि अनरोध छ । साथै उक्त समारोहमा उपस्थिति भई शोभा बढाइदिनुहुन समेत अनुरोध छ ।’