बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयाँ नेतृत्व निर्विरोध रुपमा चयन भएको छ । बुटवलमा भएको महासंघको प्रदेश अघिवेशनबाट पुनः नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षत र महासघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुसार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हो । जस अनुसार महासघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ( नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बांके) , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् ।
त्यसैगरी महासघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जित बहादुर महरा .(रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,) विनिता पोख्रेल (नवलपरासी),संजिव गहतराज (कपिलवस्तु),धनसिंह वली (बाँकें),सतिश कुमार अधिकारी (बांके ) रहेका छन् ।
त्यस्तै महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् । सदस्यहरुमा शान्ति पौडेल, अनिषा केसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन्।
नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
प्रतिक्रिया