ताजा अपडेट »

अखिल नेपाल महिला संघ (समाजवादी) बुटवल–२ को अध्यक्षमा थानकुमारी

मंगलबार, ३० कार्तिक २०७८

बुटवल । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ बुटवल उपमहानगरपालिका–२ को वार्ड भेला सम्पन्न भएको छ । भेलाले थानकुमारी पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षयमा दिलमाया थामी मगर, सचिवमा गिता बुढापृति, सह–सचिबमा कल्पना अर्याल, धनमाया गिरी र कोषाध्यक्षमा मिना गुरुङ चयन भएका छन् ।

एकीकृत समाजवादीका शाखा अध्यक्ष हिक बहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सचिब राजु गुरुङ, लुम्बिनी प्रदेश कानुन, महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती लगायतका नेता कार्यकताहरुको सहभागिता रहेको थियो । कार्यक्रम बुटवल उपमहानगर कमिटी अध्यक्ष चीन बहादुर गुरुङ स्वागत मन्तव्य र कविन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।