ताजा अपडेट »

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

मंगलबार, ३० कार्तिक २०७८

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । 

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।  नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।