ताजा अपडेट »

प्युठानमा जीप सडकबाट १ किलोमिटर तल खस्यो, १ जनाको मृत्यु

मंगलबार, ३० कार्तिक २०७८

बुटवल । प्युठानमा जीप सडकबाट करिब १ किलोमिटर खस्दा १ जनाको मृत्यु भएको छ भने १ जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका–३ मुनडाँडास्थित सडकमा लु १ ज १९९२ नम्बरको जिप सोमबार बिहान सडकबाट करिब १ किलोमिटर तल खसेको थियो ।

दुर्घटनामा परी जीपका चालक सोही गाउँपालिका बुकेनीका ३६ वर्षीय गोरख बहादुर पुनको घटनास्थलमै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै दुर्घटनामा परी जीपका सहचालक सोही नगरपालिका-५ ढुङगेठाटीका २२ वर्षीय दिनेश नेपाली गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार हुन नसेके पछि थप उपचारका लागि बुटवल ल्याइएको छ ।