ताजा अपडेट »

‘सौर्यको भैरहवा–विराटनगर उडानले दुई प्रदेशबीच आत्मियता’

सोमबार, २९ कार्तिक २०७८

भैरहवा । सौर्य एयरलाईन्सको भैरहवा–बिराटनगर उडान संगै प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशका बिच आत्मियता श्रृजना भएको उद्योगी ब्यवसायीको भनाई छ । सौर्य एयरलाईन्स यी दुवै प्रदेशबिच पुलको काम गरेकोले यसले सबै क्षेत्रहरुले फाईदा लिन सक्ने उनिहरुको भनाई थियो ।

लुम्बिनी भ्रमणमा आएको प्रदेश नम्बर १ को ईटहरी उद्योग बाणिज्य संघको टोलीले लुम्बिनी प्रदेशमा पर्यटन संगै उद्योग विस्तार र ब्यपारका प्रचुर सम्भावना देखेको बताएको छ । संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको नेतृत्वमा सौर्य एयरलाईन्स हुदै भैरहवा झर्दै गर्दा यसले दुबै प्रदेशको समृद्धिमा भूमिका खेल्ने टिप्पणी गरे ।

उनले यस अघि ईटहरी देखी बुटवल यात्रा गर्दा सामान्य अवश्थामा पनि १४–१५ घण्टाको झण्झटिलो यात्रा गर्ने समस्याबाट मुक्ती मिलेको बताए । “यसले यी दुवै प्रदेशका पर्यटकिय सम्भावना मात्र नभई औद्योगिक, ब्यपारीक एवम क्रस बर्डर ब्यपारको सम्भावना बढाएको छ ।” पोखरेलले भने

लुम्बिनी भ्रमण एवम अन्तर ब्यवसायीक भेटघाट समेत गरेको टोलीलाई स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले सौर्य एयरलाईन्सले जुराईदिएको अवसरले पर्यटन प्रवद्र्धन मात्र नभई औद्योगिक बिकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बुटवल उद्योग बाणिज्य संघको टोलीले चाडै नै पूर्वको यात्रा गर्ने समेत बताए ।

यस्तै ईटहरीबाट आएको उद्योगी ब्यवसायीको टोलीलाई लुम्बिनीमा स्वागत गर्दै लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी र यस आसपासको बौद्ध परिपथ बारे जानकारी गराएका थिए । उनले लुम्बिनी भ्रमण किन र यसको आध्यात्मिक भ्रमणमाथि प्रकाश पारेका थिए । साथै अहिले कोभिडबाट बिस्तारै मुक्त हुन थालेकोले लुम्बिनीको पर्यटन ब्यवसायीले थालेको बिशष प्याकेज बारे जानकारी गराउदै लुम्बिनी भ्रमणको निम्तो समेत दिएका थिए ।

लुम्बिनी भ्रमणमा आएको ईटहरी उद्योग बाणिज्य संघको टोलीले लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलाई समेत भेटेको थियो । उपाध्यक्ष मेत्तेयले लुम्बिनी बिकास कोषको समग्र गुरुयोजनाको प्रगति बारे जानकारी दिदै कपिलवस्तुलाई आधुनिक शहरको रुपमा परिकल्पना गरिएको र यहा उद्योगहरुको लागी प्रचुर सम्भावना रहेकोले लगानी गर्न सक्ने वातावरण रहेको बताए । उनले दुई प्रदेश हवाई मार्गबाट जोडिए संगै समग्र क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान हुने विश्वास समेत ब्यक्त गरे ।

ईटहरी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले यताबाट फर्केर गए पछि लुम्बिनी र यस आसपासको क्षेत्र भ्रमणको लागी आफ्नो तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । साथै उनले पूर्वि क्षेत्रमा रहेको रामधुनि, चतरा, धरान, बुढासुब्बा, दन्तकाली, भेडेटार, पाथीभरा देवी मन्दिर, ईलाम लगायतको भ्रमणको लागि लुम्बिनी प्रदेशवासीलाई निम्तो समेत दिए । भ्रमण टोलीमा संघका सचिव बिष्णु डांगी, नेपाली कांग्रेसका इटहरी उपसभापति समेत रहेका कोबिदजंग कार्की, कृष्ण दुलाल, प्रविन राउत क्षेत्री लगायत ८ जना रहेका थिए ।