माघ १५,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने बताएका छन् । अबको तीन दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुनेछ ।पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको अनुमान रहेको छ । मंगलबार भने काठमाडौंमा पानी पर्ने सम्भावना छैन तर बुधबार पनि मौसम धुम्म रहने छ ।
पश्चिमी भेगका उच्च हिमाली क्षेत्रहरुमा त हल्कादेखि मध्यम खालको हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।
प्रतिक्रिया