ताजा अपडेट »

टी–ट्वान्टी क्रिकेट सिरीज : नेपाललाई १४६ रनको लक्ष्य

बुधबार, २२ असोज २०७६

असोज २२ ,

काठमाडौं । पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । ओमानमा जारी प्रतिस्पर्धामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिम १४५ रन जोडेको हो ।आयरल्यान्डका लागि पल स्टर्लिङले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रनसहित अर्धशततकीय पारी खेले । एन्डी बालबिनीले ३८ रन बनाए भने स्टुअर्ट थोम्प्सनले ११ बलमा २ छक्कासहित २१ रनमा अविजित रहे । नेपाली बलरका सामू अन्य खेलाडीहरु खुलेर खेल्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए । पहिलो दुई खेल विजयी नेपाल तेस्रो खेलमा पनि विजयलाई निरन्तरता दिन चाहन्छ ।