भारतको महाराष्ट्रस्थित बीड जिल्लामा एक नाबालिकामाथि ४ सयभन्दा धेरै मानिसले बलात्कार गरेको खुलेको छ। बलात्कारको घटनामा प्रहरीसमेत संलग्न रहेको पाइएको न्यूज एजेन्सीहरूले बताएका छन्।
करिब ६ महिनासम्म आरोपितहरूले बालिकामाथि बलात्कार गरेको बताइएको छ । बलात्कारपछि बालिका गर्भवती भएकी छन्। बालिकाको आमाको निधन २ वर्षपहिले भएको र उनको पिताले उनको बालविवाह गरिदिएको समेत घटनापछि खुलेको छ।
इन्डिया टुडेको एक रिपोर्ट अनुसार, पीडितले पुलिसलाई बताएकी छिन् की, घरबाट समेत उसलाई प्रताडित गरिएको थियो।जसकारण उनले आफ्नो घरबाट निस्किइन् र केही दिन नोकरी खोज्दै अंबेजोगई हशर पुगिन्।
त्यहाँ शुरूमा २ जनाले उनीमाथि यौन उत्पीडन गरेका थिए।त्यसपछि बालिकाले प्रहरी कार्यालयमा गएर उजुरी दिइन्।त्यहाँका एक प्रहरीले उनीमाथि नै बलात्कार प्रयास गरे । पीडितका अनुसार ४ सय जना मानिसले ६ महिनासम्म उनको यौन शोषण गरेका थिए ।
प्रतिक्रिया