ताजा अपडेट »

नेपाल द्वारा नेदरल्यान्ड ४ विकेटले पराजित करण केसीको अलराउण्ड प्रर्दशन ।

सोमबार, २० असोज २०७६

ग्लोबल आवाज, २० आश्बिन २०७६,
ओमानमा जारी पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हातपारेकोे छ । नेपालको जितका लािग करण केसीले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे। उनले नेपालका लागि ४ विकेट लिए भने नटआउट ३१ रन जोडे। नेपाललाई १२ बलमा २८ रन आवश्यक परेका बेला करणले विष्फोटक ब्याटिङ गर्दै जित दिलाएका हुन् । उनले ३.३ ओभर बलिङ गर्दै ४ विकेट लिएका थिए भने नटआउट ३१ रन जोडे। १४ बल ब्याटिङ गरेका उनले ३ छक्का र १ चौका समेत प्रहार गरे ।

अन्तिमसम्म सुस्त देखिएको नेपालको ब्याटिङ विनोद भण्डारीले केही उकासेका थिए । उनले २ छक्काको मद्दतमा २६ रन जोडे । छैठौँ विकेटका लागि विनोद आउट हुँदा नेपालको स्कोर १०६ रन मात्र थियो भने २ ओभर खेल्न बाँकी थियो । त्यसपछि क्रिजमा आएका सोमपालले करणलाई साथ दिए। १९औँ ओभरको पहिलो बलमा करणले १ रन जोडे । त्यसपछि सोमपालले १९.२ ओभरमा करणलाई स्टम्प दिए। १९.३ ओभरको बलमा करणले कुनै पनि रन जोड्न सकेनन । त्यसपछि १९औँ ओभरको चौँथो बलमा करणले छक्का प्रहारगरेका थिए । उक्त ओभरमा नेपालले ११ रन जोड्न सफल भयो ।

नेपाललाई जितका लागि ६ बलमा १७ रन आवश्यक भयो । करणले २०औँ ओभरको पहिलो बलमा बाउन्ड्री कटाउदै ६ रन जोडे । दोस्रो बलमा कुनै पनि रन जोड्न नसेका करणले त्यसपछिका दुई बलमा लगातार चौका र छक्का प्रहारगरे । त्यसपछि बाँकी २ बलमा जितका लागि १ रनको आवश्यकता प¥यो । उनले अन्तिम ओभरको पाँचौँ बलमा आवश्यक १ रन लिएर १ बल बाँकी छँदै नेपाललाई रोमाञ्चक जित दिलाए । नेपालको जितका लागि कप्तान पारस खड्काले महत्वपू्र्ण ३३ रन जोडे भने सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका सन्दिपले २० रन खर्चेर महत्वपूर्ण ४ विकेट हात पारे । ललितनारायण राजवंशीले पनि आफ्नो नाममा पनि १ विकेट लेखाए ।

नेदरल्यान्डका लागि म्याक्स ओडले सर्वा्धिक ४३ रन जोडे । त्यस्तै कोलिन एकरम्यानले २९ तथा एन्टोनियस स्टलले २१ रन जोडे । नेदरल्यान्डले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्र जोडेको थियो ।
सिरिजमा नेपालसहित आयोजक ओमान, हङकङ, आयरल्यान्ड र नेदरल्यान्ड गरि पाँच टिम सहभागी छन । नेपालले अब बुधबार आयरल्यान्ड तथा बिहीबार ओमानसँग खेल्नेछ ।